image
image

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको दोस्रो चरणको खोप

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियानको शुभारम्भ गरेका छन। उनले आइतबार त्रिवि शिक्षण अस्पतालमा पुगेर सो खोप लगाएका हुन्।

दोस्रो चरणको खोप अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिंदै छ । खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले सबैलाई ढुक्कसंग खोप लगाउन आग्रह गरे। शिक्षणअस्पतालमा प्रधानमन्त्री ओलीले खोप लगाएलगत्तै  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, मन्त्री लेखराज भट्ट तथा प्रधानमन्त्रीका सल्लाहकारहरु र स्वकीय सचिवालयमा कार्यरतहरुले पनि खोप लगाएका थिए। 
 
दोस्रो चरणको खोप अभियानअन्तर्गत करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ भने छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ । यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।    


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।