image
image

ग्लोबल आइएमई बैंकको ऋणपत्र  चैत १ देखि निष्कासन हुने, कति दिने आवेदन ?

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडको ऋणपत्र चैत १ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीले १० वर्षको अवधिको ‘८ दशमलव ५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिऋणपत्र १ हजार अंकित मूल्यका रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । निष्कासन गर्ने कुल कित्तामध्ये रू. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी रहेको रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री गर्न लागेको हो । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गर्न लागेको उक्त ऋणपत्रमा छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।