image
image

कोरोनाको असर आन्तरिक राजस्वतर्फ : ९ अर्ब ७२ करोडले राजस्व संकलन घट्यो

काठमाडौं  । कोभिड–१९ को असर स्वरूप गतवर्षको तुलनामा चालू वर्षको ७ महीनाको अवधिमा आन्तरिक राजस्व विभागमातहतको राजस्व संकलन घटेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।
 
चालू आर्थिक वर्ष (आव)को पहिलो ७ महीनामा आन्तरिक राजस्वतर्फ २ खर्ब २४ अर्ब रुपैयाँ संकलन भएको छ । गत आर्थिक वर्ष यही अवधिमा विभागले २ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । राजस्व संकलन गतवर्षको समीक्षा अवधिको तुलनामा ९ अर्ब ७२ करोडले घटेको देखिन्छ ।

यद्यपि चालू वर्षको साउनदेखि माघ मसान्तसम्मको अवधिमा सरकारले आयकर, मूल्य अभिवृद्धिकरमार्फत ठूलो राजस्व उठाउन सकेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार यस अवधिमा मुख्यतः १ खर्ब १२ अर्ब ४३ करोड रुपैयाँ आयकरबाटै राजस्व संकलन भएको छ भने, ६५ अर्ब १२ करोड रुपैयाँ मूल्य अभिवृद्धि करबाट राजस्व उठेको छ । त्यस्तै, ४३ अर्ब ५८ करोड रुपैयाँ अन्तःशुल्कबाट राजस्व संकलन भएको छ भने शिक्षा सेवा शुल्क तथा अन्यतर्फ २ अर्ब ८८ करोड रुपैयाँ संकलन भएको छ । कोभिड–१९ का कारण राजस्व संकलनको लक्ष्यमा प्रभाव परेको विभागका अधिकारीहरूको भनाइ छ । ‘असुली न्यून हुनुको कारण कोभिडले अर्थतन्त्रमा पारेको संकुचन तथा आर्थिक कारोबारमा परेको नकारात्मक प्रभाव नै हो,’ विभाग महानिर्देशक झक्कप्रसाद आचार्य भन्छन् ।

सरकारले चालू आवमा राजस्व संकलनका लागि राखेको लक्ष्य पूरा हुन नसक्ने अर्धवार्षिक समीक्षामार्पmत जानकारी दिँदै लक्ष्यसमेत फेरबदल गरेको थियो । अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षा गरेको १ महीनापछि हालै आन्तरिक राजस्व विभागले चालू आवको हालसम्मको काम कारबाही र राजस्व संकलनको अवस्थाको समीक्षा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।