अब नेपालमै मोबाइल एसेम्बल गरिने
काठमाडौँ २२ फागुन ।अब नेपालमै मोबाईल निर्माण र एसेम्बल गरिने भएको छ ।यो विषयमा नेपाल दुरसञ्चार प्राधिकरणले अध्यन प्रक्रिया अगाडी बढाएको छ । प्राधिकरणका अनुसार मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस गर्न सकिन्छ वा सकिँदैन भनेर अध्ययन गर्ने तयारी भएको हो ।
प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार ध्ययनका लागि प्राधिकरणले टास्कफाेर्स (कार्यदल) नै गठन नै भइसकेको छ । उक्त कार्यदलमा अर्थ मन्त्रालयका प्रतिनिधि, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि, मोबाइल इम्पोटर्स अशोसियसनका प्रतिनिधि, स्वतन्त्र विज्ञ र प्राधिकरणका प्रतिनिधि रहेका छन् ।
यसअघि प्राधिकरणले सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न भन्दै २०७६ सालमा परामर्शदाता नियुक्त गरेकाे थियाे । वर्षेनि २५ देखि ३० अर्बको मोबाइल आयात भइरहेकोमा नेपालभित्रै एसेम्बल वा रिफर्बिस गर्ने सके त्यसको १० प्रतिशतमात्रै पनि बचत गर्न सकिनेछ ।