image
image

प्राथमिक क्षेत्रमा बीमा कम्पनीको न्यून लगानी, अब निर्देशन विपरित लगानी गर्न नपाउने

काठमाडौँ २२ फागुन । बीमा कम्पनीहरुको प्राथमिक क्षेत्रमा न्यून लगानी भएको देखिएको छ । ‘बीमकको लगानी निर्देशिका २०७५’ अनुसार बीमा कम्पनीहरुले लगानी गरेको देखिएको छैन  ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समितिको निर्देशन विपरित अब कुनै पनि बीमा कम्पनीले लगानी गर्न नपाउने बताए । बीमा कम्पनीहरुले प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न नपानेपछि समितिले निर्देशन नै जारी गर्नुपरेको कार्यकारी निर्देशक पौडेलले बताए । 

लगानी निर्देशिका अनुसार कुल टेक्निकल रिजर्भको २० प्रतिशत ऋणपत्रमा, २० प्रतिशत कृषि, पर्यटन र जलस्रोतमा ५ प्रतिशत नागरिक लगानी कोष तथा म्यूचुअल फण्डमा लगानी गर्न सक्ने व्यवस्था भए पनि त्यहि अनुसारको नभएको देखिएको छ ।त्यस्तै,वाणिज्य बैंक र विकास बैंकको मुद्दति निक्षेपमा २० प्रतिशत, वित्त कम्पनीको मुद्दतिमा १० प्रतिशत र राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तको साधारण सेयरमा कुल टेक्निकल रिजर्भको २० प्रतिशत लागनी गर्न पाउने व्यवस्था छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।