image
image

भारतीय कप्तान राेहित शर्मालाई काेराेना सङ्क्रमण

काठमाडौँ, १२, असार ।  भारतीय टेस्ट क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

टेस्ट क्रिकेट खेल्न इङ्ल्यान्ड पुगेका शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको र इङ्ल्यान्डसँगको खेल गुमाउन सक्ने शङ्का गरिएको क्रिक इन्फोले जनाएको छ । रोहित अहिले होटलको आइसाेलेशनमा रहेका छन् । 

इङ्ल्यान्डमा लेस्टरसायरसँगको अभ्यास खेलको तेस्रो दिन आज गरिएको परीक्षणमा रोहितमा सङ्क्रमण पुष्टि भएको र आउँदो जुलाई १ तारिखदेखि हुने टेस्टमा सहभागी नहुने सम्भावना रहेको खबरमा उल्लेख छ । यसअघि रविचन्द्रन आश्विनमा पनि कोरोना देखिएपछि उनको इङ्ल्यान्ड भ्रमणमा ढिलाइ भएको थियो । 

गएको वर्ष इङ्ल्यान्ड र भारतबीचको शृङ्खला भइरहेको बेला भारतीय टोलीका सदस्यमा कोरोना देखिएपछि स्थगित भएकोले त्यति बेला बाँकी रहेको एक खेल खेल्न भारत इङ्ल्यान्ड भ्रमणमा रहेको छ । भ्रमणको क्रममा तीन खेलको टी–२० शृङ्खला पनि हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।