मौलापुरमा फागुन २६ देखि मधानी महायज्ञ
काठमाडौँ २२ फागुन । रौतहटको मौलापुरमा फागुन २६ देखि मधानी महायज्ञ हुने भएको छ। पतौरामा जग्गा उत्खनन गर्दा ११औं शताब्दीअघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात गत वर्षदेखि सो स्थानमा मधानी महायज्ञको सुरुआत गरिएको थियो ।
मधानी महायज्ञमा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलको सहभागी हुने समेत बातईको छ । फागुन २६ देखि चैत्र ३ गतेसम्म संचालन हुने महायज्ञमा शिवलिला प्रदर्शन, नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, महोत्सवलगायतको कार्यक्रम रहेको छ ।
सो मधानी महायज्ञमा नेपाल र भारतका गरेर ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरु दर्शन गर्ने लक्ष्य राखिएको जानकारी दिदै सोका लागि खानेपानी, विद्युत, सरसफाइ, अस्थायी प्राकृतिक शौचालयको कार्य सम्पन्न भइसकेको र सीसीटीभी क्यामरा जडान गरेर सुरक्षाको प्रवन्ध मिलाइएको जानकारी आयोजकले गराएको छ ।