image

फिफा वरीयतामा नेपाल ८ स्थान तल झर्‍यो

फिफा वरीयतामा नेपाल ८ स्थान तल झर्‍यो

काठमाडौँ, ९, असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।

नेपाल एक सय ६८ औं स्थानवाट झरेर एक सय ७६ औं स्थानमा पुगेको हो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो नम्बरमा छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत एक सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स एक सय ५६ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । नयाँ वरीयताको शीर्ष स्थानमा ब्राजिल रहेको छ । बेल्जियम दोस्रो, तेस्रोमा अर्जेन्टिना, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।