image
image

अब‘सामाजिक सुरक्षाका कार्यक्रम’एकद्वार प्रणालीबाट

काठमाडौँ २२ फागुन । सरकारले प्रदान गर्ने सबै प्रकारका सामाजिक सुरक्षाका कार्यक्रमहरु एकद्वारबाट संचालन गर्ने भएको छ । विभिन्न निकायबाट संचालित सामाजिक सुरक्षा कार्यक्रमहरुको प्रभावकारिता कम भएको भन्दै सरकारले राष्ट्रिय योजना आयोग अन्तरगत ल्याएर एकद्वार विधिबाट संचालन गर्ने तयारी गरेको हो ।

योजना आयोगका सदस्य रामकुमार फुयाल नेतृत्वको एक कार्यदलले हाल सञ्चालनमा रहेका सामाजिक सुरक्षा कार्यक्रमको लागत र लाभान्वित वर्गको सूक्ष्म अध्ययन गरेको थियो । कार्यदलले छरिएर रहेका त्यस्ता कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने निष्कर्ष निकालेको र त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको फुयाँलले जानकारी दिए ।

आयोगका सदस्य फुयाँलका अनुसार उक्त प्रस्ताव पारित भएपछि नागरिककको मौलिक हकलाई ग्यारेन्टी गर्दै राज्यबाट पाउनु पर्ने सेवा सुविधाका कार्यक्रमहरुलाई सरल र सहज रुपमा कार्यान्वयन र अवलम्बन गर्नको लागि यी विभिन्न कार्यक्रमहरुलाई एकिकृत गरेर काम अघि बढ्नेछ । त्यस्तै सामाजिक कार्यक्रममा हिनामिना र दुरुपयोग हुन नदिन पनि एकद्वार प्रणालीलको  ठूलो भूमिका रहने बताए।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।