image
image

ऋणात्मक आर्थिक वृद्धिदर हुने मुलुकको सूचीमा नेपाल

काठमाडौँ २२ फागुन । कोरोना महामारीले  नेपालको अर्थतन्त्रमा ठूलो धक्का पुर्याएको छ, सोहि कारण नेपाल पनि ऋणात्मक आर्थिक वृद्धिदर हुने मुलुकको सूचीमा परेको छ । केन्द्रीय तथ्याङ्क विभाको तथ्यांक अनुसार गत वर्ष मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशत ऋणात्मक थियो भने यो वर्ष उक्त दर १५.४ प्रतिशतमा खुम्चिको छ । गत वैशाखमा २.२७ प्रतिशतको आर्थिक वृद्धिदरको आँकलन गरिएको भएपनि कोरोनाको कारण सफल हुन सकेन ।

आर्थिक वर्ष २०७२/०७३ (सन् २०१५/१६) मा गएको भूकम्प र नाकाबन्दीका कारण मुलुकको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा झरेको थियो ।  भूकम्प तथा नका बन्दीले सिमित क्षेत्रम मात्रै असर गरेकाले आर्थिक वृद्धिदर ऋणात्मक भने भएको थिएन ।तर आहिले कोरानाले प्राय सबै क्षेत्रम असर गरेको हुँदा अर्थतन्त्रमा ठुलै धक्का महसुस भइरहेको छ ।

नेपाल कृषि प्रधान देश भए पनि कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान घट्दै जाँदा विभिन्न माहामारी र प्रकोपको असर सिधै गैर कृषि क्षेत्रमा परेकाले पनि आर्थिक वृद्धिमा ठुलो असर गरेको हो । त्यस्तै आवास तथा भोजन सेवामा बढी असर परेकाले पनि आर्थिक वृद्धिमा कमि भएको अनुमान छ ।  अन्तर्राष्ट्रिय मुद्रा कोषका १९० सदस्यमध्ये नेपाल लगायत २३ देशले महामारीका बाबजुद पनि धनात्मक आर्थिक वृद्धिदर कायम गर्ने अनुमान थियो । तर ती सबै अनुमानलाई सरकारको निकायले गलत साबित गर्दै झण्डै ४० वर्षपछि नेपालको अर्थतन्त्र ऋणात्मक हुन पुगेको छ ।        
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।