सुनको आपूर्ति बढाउने मन्त्री भट्टको प्रतिवद्धता
काठमाडौँ २२ फागुन । नेपालमा केहि दिन देखि सुनको मूल्यमा गिरावट आउन थालेको छ । सुनको मूल्यमा गिरावट आउन थालेसँगै बजारमा कच्चा सुनको अभाव बढ्न थालेको छ । त्यस्तै सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहिबार भएको सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग मन्त्री भट्टले सुनको अभावबारे आफू पनि जानकार रहेको र समस्या समाधान गर्न पहल गर्ने बताए । बजारको आवश्यक अनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारी बढ्ने औल्याउदै आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता जनाए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सरकारले सुन आयातको कोटा नबढाइदिँदा व्यवसायीहरु अर्डर लिन नसकिरहेको बताएका छन् । अहिले बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग छ । तर आयात दैनिक १० केजी हुने गरेको छ ।