image
image

नेपालमा बढ्दै कोरोना संक्रमण,  कति छन् आजका संक्रमित ? 

काठमाडौँ २१ फागुन । केहि समय देखि नेपालको कोरोना संक्रमित १०० भन्दा कम संख्यामा भेटिने गरेकोमा फेरी संख्या बढेर आज १०० नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय २० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ६ हजार १ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको भएकोमा ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् । 

त्यस्तै आज परीक्षण गरिएका  सँगै नेपालमा पिसिअर परिक्षब् गर्नेको संख्या २१ लाख ८५ हजार १ सय ९० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ५८ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। त्यस्तै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको  छ । 
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।