कोरोना बीमा दाबी भुक्तानीको तथ्याकं सार्वजनिक, कति भयो भुक्तानी ?
काठमाडौँ २१ फागुन । आज विमा समितिले कोरोना बीमा दाबी भुक्तानीको तथ्याकं सार्वजनिक गरेको छ । तथ्यांक अनुसार समितिले फागुन २१ गते सम्म ४८ हजार ६९ जनालाई कोरोना बीमा वापत ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेको छ ।
समितिका अनुसार ८४ हजार ८४७ वटा दाबी परेकामा तीन हजार ६३९ वटा फाइल सम्बन्धित कम्पनीमा नै फिर्ता भएका छन् भने दश हजार ९७१ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।
त्यस्तै दश हजार ९४६ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने ४ हजार २३३ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेको बताईएको छ ।समितिका अनुसार ४८२ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको छ भने १४ हजार ३९३ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको छ ।