image
image

‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ को नामबाट रिलिज हुने

काठमाडौँ, २२, जेठ । फिल्म ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । दुवै देशमा ७ असोजमा रिलिज हुने फिल्म भारतमा ‘विश्वजितम’ को नामबाट प्रदर्शनमा आउने निर्माता सन्तोष सेनले बताए । हिन्दी भाषामा समेत डबिङ गरिएको फिल्म त्यहाँको दर्शकले बुझ्ने गरेर ‘विश्वजितम’ को नामबाट रिलिज गर्न लागेको सन्तोषको भनाई रहेको छ । 

सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेको फिल्म कोभिड संक्रमण महामारी अगाडि नै निर्माण सम्पन्न भएको थियो । तर, लकडाउनका कारण फिल्म रिलिज हुन सकेको थिएन । सन्तोषले यो फिल्म लामो समय मुम्बईमा बसेर हिन्दी डबिङ गराएका थिए । भारतका थिएटरमा पनि रिलिज गर्ने उद्धेश्यले हिन्दीमा डबिङ गराएका हुन् । भारतीय वितरकले व्यवसायिक रुपमा नेपाली फिल्म रिलिज गर्न लागेको यो पहिलोपटक हो ।

सन्तोषले नै निर्माण गरेको फिल्ममा प्रदीप र क्रिस्टिनाको अलवा शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनील थापा लगायतको अभिनय छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।