कोरोनाले पर्यटकीय यातायातमा गरिएको लगानी जोखिममा
काठमाडौँ २१ फागुन । कोरोना महामारीको कारण भएको बन्दा बन्दीले नेपालको अर्थतन्त्र नै थालिएको छ । यस्तै कोरोनाlले अन्य क्षेत्रम पनि उतिकै असर गरेको देखिन्छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटक यातायात व्यवसायी संघको सहकार्यमा पर्यटक यातायात व्यवसायी तथा कर्मचारीहरूको लागि अभिमुखिकरण कार्यक्रममा कोरानाले पर्यटकीय यातायातमा गरिएको लगानी जोखिममा परेको बताएका छन् ।
उक्त कार्यक्रममा पर्यटक यातायात व्यसायी संघका अध्यक्ष रामहरि शर्माले पर्यटकीय यातायातको क्षेत्रमा कोभिडले ठूलो असर गरेपनि राज्यबाट व्यवसायीहरूले उचित राहत तथा सुविधाहर नपाएको गुनासो गरे।त्यस्तै कोभिडले अर्बौको लगानी र हजारौंको रोजगारी गुम्ने खतरा रहेको बताउँदै व्यवसायीमाथि लगाइएका कर हटाउन सरकारसँग माग गरे।
त्यस्तै यातायात संघका अनुसार करिब दुई हजार सात सय पर्यटकीय सवारी साधनमा गरि करिब १० अर्ब रुपैयाँ बढीको लगानी छ। कोरोनाकै कारण उक्त लगानी जोखिममा परेको बताएका छन् ।









