निरन्तर घट्दै सुनको मूल्य, आज फागुन महिनाकै सस्तो
काठमाडौँ २१ फागुन । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउने क्रम जारी छ । आज पनि सुनको मूल्यमा ९ सय रुपैयाँले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी माहासंघले जनाएको छ ।
हिजो ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहको छ ।
त्यस्तै तेजावी सुनको मुल्यमा पनि ९ सय रुपैयाँले नै गिरावट आएको छ । आज नेपाली बजारमा तेजावी सुन ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य :
यो हप्ता सुनको जस्तै चाँदीको मुल्यमा पनि निरन्तर गिरावट आइरहेको छ । हिजो प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी ३५ रुपैयाँले गिरावट आएको हो । आज चाँदी १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको माहासंघले जनाएको छ ।