जुम्लामा स्याउ उत्पादन दोब्बरले घट्यो, किन ?
काठमाडौँ २१ फागुन । यो वर्ष जुम्लामा स्याउ उत्पादनमा गिरावट आएको छ । जिल्ला कृषि विकास कार्यालयले बताए अनुसार जुम्ली स्याउको बर्सेनि माग बढिरहँदा उत्पादनमा भने गिरावट आउन थालेको छ । समयमा हिउँ नपर्नु, बगैँचामा भाले जातको बिरुवा नहुनु, तालिमप्राप्त प्राविधिकबाट बिरुवा व्यवस्थापन नहुनुलगायतका कारणले स्याउ उत्पादनमा गिरावट आएको अनुमान गरिएको छ ।
वरिष्ठ कृषि अधिकृत खेमराज शाहीका अनुसार गतनुसार गएको वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो तर यस वर्ष छ हजार दुई मेट्रिकटन मात्र स्याउ फलेको छ । पछिल्लो समयमा यहाँका किसान स्याउखेतीप्रति आकर्षित भए पनि उत्पादनमा हरेक वर्ष गिरावट भइरहेको बताउनु भयो ।