image
image

नेप्सेमा उछाल

लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहिबार भने उच्च अङ्कले वृद्धि भएको छ । अघिल्लो साता र यस साताको चार कारोवार दिनमा करेक्सन भएको नेप्सेमा भने झण्डै ९१ अङ्कको सुधार भएको हो ।

साताको अन्तिम दिन बिहिबार नेप्से ९०.६७ अङ्कले बढेर दुई हजार ५०६.६८ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १४.६७ अङ्कले बढेर ४५१.४६ मा पुगेको छ । कुल २०६ कम्पनीको एक करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर रु छ अर्ब पाँच करोड ८१ लाख चार हजार ३१७ मा खरिद बिक्री भयो । बिहिबारको कारोवारपछि बजार पूँजीकरण रु ३४ अर्ब ५३ अर्ब ७४ करोड ३६ लाख ४० हजार बराबर पुगेको छ ।

कारोवार भएका कूल १३ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ ५२.०४, व्यापार २५६.७१, होटल एण्ड टुरिजम ६४.८७, विकास बैंक ६१.९९, जलविद्युत् ९१.१९, वित्त ३१.०१, निर्जीवन बीमा ३२४.४६, उत्पादन १९०.६८, अन्य १०३.६७, लघुवित्त २०९.०६, जीवन बीमा ५७१.९५, सामूहिक लगानी कोष ०.०२ र लगानी ४.९१ अङ्कले बढेको छ ।

कारोवार रकमका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ५३ करोड २३ लाख ९० हजार ६७६ मा खरिद बिक्री भयो । यस्तै शिखर इन्स्योरेन्स रु २४ करोड ४४ लाख ९१ हजार १०७, नविल बैंक रु २० करोड १७ लाख १८ हजार ८८९, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड ८३ लाख ४९ हजार ५१६, नेपाल लाइफ इन्स्योरेन्स रु १७ करोड ९६ लाख ७६ हजार ३७२, ग्लोबल आइएमई बैंक रु १७ करोड ४४ लाख ९९ हजार २९३ र नेपाल पुनर्बीमा कम्पनीको शेयर रु १५ करोड ९७ लाख ७९ हजार ४०४ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

कारोवारका आधारमा बिहिबार सूर्योदय लघुवित्त, लिबर्टी इनर्जी र चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीले समान १०÷१० प्रतिशतले कमाए । यस्तै किसान लघुवित्त ९.७९, इन्फिनिटी लघुवित्त ९.७१, हिमालयन पावर पार्टनर ९.६७, श्री इन्भेष्टमेन्ट फाइनान्स ९.४३, नेशनल हाइड्रो पावर कम्पनी ९.४०, निर्धन उत्थान लघुवित्त ९.२८ र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले ९.०४ प्रतिशतले कमाए ।

त्यस्तै एनएमबी–५० का लगानीकर्ताले सर्वाधिक ३.४५ प्रतिशतले गुमाउँदा आइसीएफसी फाइनान्स डिबेञ्चर १.७६, ग्लोबल आइएमइ समुन्नत स्किम १.४८, सोल्टी होटल १.४७, नेपाल इन्भेष्टमेन्ट डिबेन्चर १.०९, नविल इक्विटी फण्ड १.०८, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ०.२९, नेपाल एसबिआई डिबेञ्चरका लगानीकर्ताले ०.२९ प्रतिशतले गुमाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।