image
image

आकासियो बिटक्वाइनको मूल्य , कति पुग्यो?

काठमाडौँ २० फागुन । संसारकै महँगो क्रिप्टो करेन्सी बिटक्वाइनको मूल्य आकासिएको छ । आज बिटक्वाइनको मूल्य ५ प्रतिशतले बढेर ५० हजार ९४२ डलर ५८ सेन्ट पुगेको छ । अघिल्लो दिनको तुलनामा बिटक्वाइनको मूल्य २ हजार ४२६ डलर २३ सेन्टले बढेको हो ।

टेस्ला तथा माइक्रोस्ट्राटेजीलगायतका कम्पनीले बिटक्वाइनमा अर्बौँ डलर लगानी गरेसँगै बिटक्वाइनको मूल्य आकासिएको हो । साथै बिएनवाइ मेलन, ब्लाक रक तथा मास्टरकाडलगायतका कम्पनीहरुका कारण पनि बिटक्वाइनको लोकप्रियता ह्वात्तै बढ्यो ।गएको फेब्रुअरी २१ मा बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च अर्थात् ५८ हजार ३५४ डलर १४ सेन्ट पुगेको थियो । त्यसपछि भने मूल्यमा गिरावट आएको थियो ।


त्यस्तै इथेरियम ब्लकचेन नेटवर्कसँग आबद्ध अर्को क्रिप्टोकरेन्सी इथरको मूल्यमा पनि बुधबार ७.१८ प्रतिशतले वृद्धि भई १५९५ डलर नाघेको छ ।
    

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।