अरुण तेस्रो आयोजनाका मजदुरले पाएनन् ज्याला
काठमाडौँ २० फागुन। भारतीय निर्माण कम्पनी पटेल इञ्जिनियरिङ कम्पनीद्वारा निर्माण भईरहको अरुण तेस्रो आयोजनाका मजदुरले ज्याला पुन सकेका छैन । महिनौ बितिसक्दा पनि श्रमको ज्याला नपाउदा मजदुर समस्यामा परेका छन् ।
तेस्तै मजदुरमात्रै नभइ सहायक ठेक्का लिएको नेपाली निर्माण कम्पनीले पनि भारतीय कम्पनीका कारण सकस भोगिरहेको छ। भीम बहादुर थापाले सम्झौता अनुसार काम सम्पन्न गरेको डेढ वर्ष बितिसक्दा समेत भुक्तानी नपाएको जानकारी दिए । आयोजनाको काम सम्झौता अनुसार सम्पन्न गरेर भुक्तानी माग गर्दा समेत बेवास्ता गरेपछि मजदुरहरूलाई भुक्तानी दिन नसकिएको र बैंकले समेत धितो लिलाम गर्ने अवस्था पुगेको बताएका छन् ।