सरकारले माग्यो विज्ञापन बोर्डको अध्यक्ष र नेपाल टेलिभिजनको महाप्रबन्धक
काठमाडौँ। नेपाल सरकारले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ। बिहीबार एक सूचना निकालेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत विज्ञापन बोर्डको अध्यक्ष सिफारिस समितिको सचिवालयले खुला आवेदन गरेको हो ।
सो पदका लागि आमसञ्चार तथा विज्ञापन वा कानुनलगायत विषयमा कम्तीमा स्नातक तह उत्तिर्ण गरेको तथा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने सूचनामा उल्लेख छ । इच्छुक र योग्य आवेदकले १५ दिनभित्र आवेदन बुझाउन सक्नेछन । सरकारले खुला प्रतिस्पर्धाबाट बोर्ड अध्यक्ष नियुक्त गर्न लागेको छ।
त्यस्तैगरी नेपाल टेलिभिजनको महाप्रबन्धक पदका लागि पनि मन्त्रालयले आज गोरखापत्रमा सूचना निकालेर आवेदन खुला गरेको छ। ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ। आवेदन दिने समय सात दिन राखिएको छ।