image
image

जुम्ली मार्सी चामलको निर्यात बढ्यो, क्यानाडा पठाउने तयारी 

जुम्ला। जुम्ली मार्सी चामल र अर्गानिक सिमी लगायत कृषिजन्य वस्तुको निर्यात अन्तरराष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक ६ लाख रुपैयाँभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अर्ग्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गरेका हुन् ।     
     
व्यावसायिकरूपमा कर्णालीका खाद्यान्न अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको हो । टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल, मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना गरी निर्यात गरिएको छ संचालक शाहीले बताए। 

कर्णालीका कृषि वस्तुको व्यावसायिकरूपमा निर्यात भएको यो पहिलोपटक हो । ती सामग्रीको निर्यातले कर्णालीका किसानको जीवनस्तर उकास्नुका साथै जुम्ली मार्सी र सिमीको माध्यमबाट नेपालको नाम अन्तरराष्ट्रिय बजारमा चिनाउन सफल भएको छ ।     
     
क्यानडा निर्यातको अन्तिम तयारी     
     
२० टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । १५ टन मार्सी, चार टन सिमी, हरियो केराउ र कोदो गरेर एक टन क्यानडामा माग भएको सञ्चालक शाहीले बताए ।

क्यानडास्थित लायम फुड कर्पोरेशनका डा पूर्ण कँडेलको समन्वयमा ती वस्तु निर्यात गर्न लागिएको छ । अहिले प्याकेजिङ भईरहेको ती सामानमा ‘कर्णाली सुपरफुड’ लोगो हुने सुपरफुडले बताएको छ । “जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ, हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्”, उनले भने, “क्यानडामा हामीले यहाँबाट नै प्याकिङ गरेर पठाउने भएकाले निकै गाह्रो भइरहेको छ ।”     
     
काठमाडौंको नयाँ बानेश्वरमा रहेको ‘जुम्ला घर अर्गानिकक्स’मा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो र कालिकोटको टिमुर उपलब्ध रहेको सञ्चालक शाहीले बताए। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।