image
image

व्यवसाय र करमैत्री बजेट ल्याउन सुझाव: उद्योगी–व्यवसायी

काठमाडौँ २० फागुन। नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिको कार्यक्रममा उद्योगी–व्यवसायीले व्यवसाय र करमैत्री बजेट ल्याउन सुझाव दिएका छन् । कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८÷०७९ को राजस्व नीति सम्बन्धी अन्तरक्रिया तथा छलफल  भएको थियो ।

त्यस्तै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई उकास्ने गरी बजेट ल्याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । राज्यको नियन्त्रणमुखी व्यापारले गर्दा नै अवैध व्यापार बढेको जिकिर गर्दै उहाँले स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने घरबहाल कर पनि आन्तरिक राजस्व कार्यालयले लिइरहेको र  त्यो कर स्थानीय तहले फिर्ता पाउने कि नपाउने भन्ने विषय समेत    उठाउनु भयो ।  

 उक्त कार्यक्रममा सरकारले लिने गरेको सवारी कर र कवाडी करहरु हटाउनुपर्ने र उद्योगिक करिडोरको संरक्षणमा बजेटमा विशेष व्यावस्था हुनुपर्ने माग पनि अघि सारिएको छ । त्यस्तै कार्यक्रममा बोल्ने सबै जनाले व्यवसाय र करमैत्री बजेट ल्याउनु पर्ने धारणा व्यक्त गरेका थिए ।  
             
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।