२०७८ सालमा १९ दिन सार्वजनिक बिदा
काठमाडौं । विसं २०७८ सालमा १९ दिन सार्वजनिक बिदा परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग)का अनुसार २०७८ सालको बैशाखदेखि चैतसम्म १९ दिन सार्वजनिक बिदा हुने देखिएको हो ।
समितिले स्वीकृत गरेको पात्रो अनुसार बैशाख र जेठमा एक/ एक दिन सार्वजनिक बिदा परेको छ भने असार र साउन, मंसिरमा सार्वजनिक बिदा छैन । त्यस्तै, भदौमा दुई दिन, असोजमा ६ दिन, कार्तिकमा ४ दिन, पौष, माघ र फागुनमा एक÷एक दिन चैत्रमा दुई दिन सार्वजनिक बिदा परेको छ ।
त्यस्तै, विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।