युगान्डाविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा
काठमाडौँ, २८, वैशाख । युगान्डाविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी-२० सिरिजका लागि २२ खेलाडी घोषणा गरेको हो ।
नेपाली महिला टोलीमा रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कबिता कुवर, अप्सरा बेगम, सरस्वती चौधरी, ममता चौधरी, अस्मिना कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कबिता जोशी रोमा थापा, ज्योति पाण्डे, सबनम राई, बिन्दु रावल, इश्वरी विष्ट, डोली भट्ट, हिरानमायी रोय र ऋतु कानोउजिया रहेका छन् ।
नेपाल र युगान्डाबीचको शृंखलाको पहिलो खेल २ जेठमा हुनेछ । यस्तै, नेपालले ३ गते दोस्रो, ५ गते तेस्रो, ६ गते चौथो र ७ गते पाँचौं खेल हुनेछ ।