image
image

मलेसियालमा एकैदिन दुई हजार बढीमा कोरोना पुष्टि, मृत्यु कति ?

काठमाडौँ, २६, वैशाख ।  मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । 

अधिकारीहरुका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन् । त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँका संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन् ।
 
यहाँ अहिलेसम्म ३५ हजार ५८३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ । त्यसैगरी यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढी संक्रमित भएका पनि पाइएको छ । 

यहाँ अहिले पनि २६ हजार जनाभन्दा बढी सक्रिय संक्रमितहरु रहेका बताइएको छ । तीमध्ये थोरै मात्र संक्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।