image
image

आज देशभरका अदालतमा शोक बिदा

काठमाडौँ २० फागुन । आज देशभरका अदालतमा शोक बिदा दिईएको छ । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।सिंहको फागुन १८ गते साँझ निधन भएको थियो ।

हिजो बुधबार सर्वच्च अदालतमा बसेको आकस्मिक पूर्ण बैठकले उक्त निर्णय गरेको हो। सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मेका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएको थियो।

उनको निधनले देशले एउटा सच्चा न्यायप्रेमी गुमाएको उल्लेख गर्दै आजको लागि विदा घोषणा गरिएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।