image
image

लगातार बढ्दै छडको मूल्य

काठमाडौं । सिमेन्ट र छड उद्योगको उत्पादन क्षमता वृद्धि र खपत पनि सकारात्मक भएका बेला छडको मूल्य बढ्दो क्रममा रहेको छ । गत मङ्सिरमा प्रतिकेजी रू. १५ देखि रू. २० सम्म वृद्धि भएको फलामे छडको मूल्यमा हाल प्रतिकेजी रू.३ देखि रू. ४ सम्म बढेको हो । अर्काे मुख्य निर्माण सामग्री सिमेन्टको मूल्य भने यथावत् नै रहेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

विगत २ हप्तादेखि छडको मूल्यमा पुनः वृद्धि हुन थालेका छड उत्पादक तथा विक्रेताहरू बताउँछन् । छड उत्पादक कम्पनीहरूले मंगलवारमात्रै छडको औसत मूल्य भ्याटसहित प्रतिकेजी रू. ७४ मा विक्री गरेका छन् । यो मूल्य पुनः बढ्न सक्ने उनीहरूको भनाइ छ ।

उपभोक्ताले किन्ने मूल्यमा भने ढुवानी खर्च तथा अन्य खर्च पनि जोडिने हुँदा यसको बजार मूल्य बढी हुने लक्ष्मी स्टील्स्का एक अधिकारीले बताए ।

उनका अनुसार ३ हप्ताअघि यसको मूल्य प्रतिकेजी रू. ७० सम्म झरेको थियो । अहिले अन्तरराष्ट्रिय बजारमै कच्चा पदार्थ बिलेटको मूल्य बढेकाले नेपाली बजारमा पनि यसको मूल्य दिनप्रतिदिन वृद्धि भएको हो ।

नेपालमा सिमेन्ट तथा यसको कच्चा पदार्थ नै उत्पादन हुने भएकाले यसको मूल्यमा खासै उतारचढाव नआउने भए पनि छडको कच्चा पदार्थ विलेट भारतलगायत देशबाट आयात गर्नुपर्ने भएकाले अन्तरराष्ट्रिय बजारमा यसको मूल्य बढ्दा नेपालमा पनि स्वतः मूल्य बढ्ने गरेको उत्पादकहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।