image
image

सात महिनामा झन्डै ४ करोडको म्याद नाघेको खाद्यान्न नष्ट

काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सात महिनाको अवधिमा काठमाडौं उपत्यकामा ३ करोड ९१ लाख रुपैयाँको म्याद नाघेको खानेकुरा नष्ट गरेको छ।

विभागले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा बजार अनुगमन गरेको थियो। अनुगमनका क्रममा ३ करोड ७० लाख २६ हजार ४ सय २८ रुपैयाँ बराबरको अयोग्य खानेकुरा नष्ट गराएको विभागले जनाएको छ।

विभागले गत साउनदेखि असोजसम्म ९८ हजार ७ सय ८२ रुपैयाँको खाद्यान्न नष्ट गरेको थियो। चाडपर्वको समयमा बजारमा म्याद नाघेको खाद्यान्न ठूलो मात्रामा भेटिएको थियो। विभागले  कात्तिकमा मात्र म्याद ग्रुजिएका करिब ६ लाख रुपैयाँको खाद्यान्न नष्ट  गरेको थियो।

मंसिरमा ३ करोड ५२ लाख रुपैयाँको खाद्यान्न नष्ट गरेको विभागले पुसमा एक लाख ३३ हजार रुपैयाँको खाद्यान्न नष्ट भएको गरेको थियो। अनुगमनमा कर्मचारी कम भएकाले म्याद ग्रुजिएका सामान कम भेटिएको थियो। माघमा ३ लाख २३ हजार रुपैयाँको म्याद नाघेका वस्तुहरु नष्ट गरिएको विभागले जनाएको छ।

विभागले ९ महिनामा बजार अनुगमनका क्रममा भेटिएको म्याद नाघेका खाद्यान्न तथा वस्तुहरुको रकम करिब ३ करोड ७० लाख २६ हजार ४ सय रुपैयाँ रहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।