image
image

राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आजबाट

काठमाडौँ, १८, वैशाख । नेपाल भलिबल संघले आयोजना गर्ने राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिता आजबाट सुरु हुँदै छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा हुने छैटौं संस्करणको क्लब लिग भलिबल प्रतियोगिताको पहिलो दिन पुरुषतर्फका तीन खेल हुनेछन् ।

पहिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछ । खेल १० बजेबाट हुनेछ । १२ बजे हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल २ बजेबाट हुनेछ ।

लिगमा पुरुषतर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब गरी सात टिमले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, न्यु डायमण्ड र एभरेस्ट मावि गरी पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । 

विजेता टोलीले ६ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथोले ७५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । त्यस्तै सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही समान ३५ हजार रुपैयाँ हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही समान १५/१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।