image
image

च्याम्पियन्स लिग : लिभरपुलले हरायो भियारियललाई

काठमाडौँ, १५, वैशाख । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा स्पानिस क्लब भियारियललाई २(० ले पराजित गरेको छ । एन्फिल्डमा प्राप्त यस जितपछि लिभरपुल दोस्रो लेगअघि आरामदायी अवस्थामा हुनेछ र फाइनल नजिक पुगेको छ ।

लिभरपुलको जित्दा साडियो मानेले एक गोल गर्दा अर्को गोल उपहार पाएको थियो । लिभरपुल पछिल्लो पाँच सिजनमा तेस्रो पटक फाइनल नजिक पुगेको हो । २०१८ को फाइनलमा रियल मड्रिडसँग हारेको लिभरपुलले २०२० मा उपाधि जितेको थियो ।

भियारियलविरुद्ध लिभरपुलले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गरेको हो । ५३औं मिनेटमा भियारियलका पेरभिस इस्टुपिननले आत्मघाती गोल गर्दा लिभरपुलले अग्रता बनायो ।

आफ्नै पोस्टका दिशा दिएपछि पहिलो गोल आत्मघाती रह्यो । ५५औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए । लिभरपुल र भियारियलबीचको दोस्रो लेग मे ४ मा भियारियलको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।