image
image

सबै भन्दा महँगो साल्ट ट्रेडिङको सेयर, किन ?

काठमाडौँ १९  फागुन  ।  हिजो ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएर प्रतिकिता ९ हजार २९२ पुगेको साल्ट ट्रेडिङको सेयर कारोबारमा आज पनि उछाल आएको छ । आज कम्पनीको सेयर प्रति कित्ता १० हजार रुपैयाँ नाघेको छ ।  साल्ट ट्रेडिङले हकप्रद निष्काशन गर्दै भन्‍ने हल्ला बढेसँगै बजारमा यसको मूल्य बढ्दै गएको बताएका छन् ।  

 त्यस्तै बुधबारको कारोबारमा साल्ट ट्रेडिङको सेयरमा सर्किट ब्रेकर नै लागेको छ । हकप्रद सेयर जारी गर्दैछ भन्‍ने हल्लाबाजी गरेर साल्टको सेयर मूल्य बढाइरहेको हुनसक्ने केही लगानीकर्ताहरूको आकलन छ । आजको मूल्य वर्ष भरिकै महँगो मूल्य हो ।

गत वर्ष ४ मार्चमा साल्टको सेयर प्रति कित्ता दुई हजार सात सय ४३ रुपैयाँबाट सुरु भएको थियो । जसअनुसार अहिले साल्टको सेयर कित्तामा सात हजार पाँच सय रुपैयाँ महँगिएको छ । सर्किट ब्रकेर लागेपछि साल्टको सेयर मूल्य १० हजार दुई सय २२ रुपैयाँमा रोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।