सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिँदै नेपाल टेलिकम
काठमाडौँ १९ फागुन । नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिश नगद लाभांश दिने घोषणा गरेको छ । टेलिकमको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को वितरण योग्य नाफाबाट लगानीकर्ताहरुलाई उक्त नगद दिने घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल सरकारले स्वीकृत दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभामा बाट पारित भएपछि दिईने बताईएको छ ।
हाल नेपाल टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ जम्मा छ । टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ८६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ६३५ रुपैयाँ ८० पैसा छ ।