निगमको लागत घट्दा पनि बढ्यो ईन्धनको मूल्य
काठमाडौँ १९ फागुन। पछिल्लो समय नेपाल आयल निगमले महिना ३ पटक सम्म इन्धनको मूल्य बढाईरहेको छ ।नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय १६, डिजेल÷मटीतेल ९९ र हवाई इन्धनको ६९ रुपैयाँ पुगेको छ । एकातिर द्विदेशीय पेट्रोलियम पाइपलाइनलगायतका कारण नेपाल आयल निगमको लागत घट्दै गएको छ भने अर्कातिर निगम महिनदिनमा नै तीनपल्टसम्म इन्धनको भाउ बढाउन लागिपरेको छ ।
यसैगरी आफ्नो लागत घटाउन भने निगम जोडतोडका साथ लागेको छ । नेपाल–भारत पाइपलाइन संयुक्त अध्ययन टोलीले बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनको सम्पूर्ण अध्ययन कार्य सम्पन्न गरेसँगै पाइपलाइन निर्माण वैशाखदेखि सुरु हुने भएको छ । पाइपलाइन सञ्चालनसँगै ट्यांकरबाट गर्ने ढुवानीमा खर्चको बचत हुने, प्राविधिक नोक्सानीको अन्त्य हुने, शुद्धता कायम हुने, चुहावट र मिसावट अन्त्य हुने, प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य हुने र निगमको वार्षिक डेढ अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।