फेरि बढ्न थाल्यो छडको मूल्य
काठमाडौँ । केहि समययता घटेको फलामे छडको मूल्य पुन: बढ्न थालेको छ । गत मङ्सिरमा प्रतिकेजी १५ देखि २० रुपैंया सम्म वृद्धि भएको फलामे छडको मूल्यमा हाल प्रतिकेजी रू.३ देखि रू. ४ सम्म बढेको हो ।
गएको २ हप्तादेखि फलामे छडको मूल्य बढ्न थालेको उत्पादक तथा बिक्रेताहरुको भनाई छ। अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थ बिलेटको मूल्य बढेकाले नेपाली बजारमा पनि यसको मूल्य दिनप्रतिदिन वृद्धि भएको हो । मंगलबार मात्रै छड उत्पादक कम्पनीहरूले छडको औसत मूल्य भ्याटसहित प्रतिकेजी रू. ७४ मा विक्री गरेका छन् । यो मूल्य अझै बढ्न सक्ने उनीहरुले बताएका छन।
छडको कच्चा पदार्थ विलेट भारतलगायत देशबाट आयात गर्नुपर्ने भएकाले अन्तरराष्ट्रिय बजारमा यसको मूल्य बढ्दा नेपालमा पनि स्वतः मूल्य बढ्ने गरेको छ। त्यस्तै पछिल्लो समय अमेरिकी डलरको मूल्य पनि बढेको र कच्चा पदार्थको मूल्य पनि बढेकाले आगामी हप्तासम्म छडको मूल्य थप बढ्ने देखिएको छ ।