कोभिडका कारण बन्द सिमा सबै देशका लागि खुल्ला
काठमाडौँ। श्रीलंकाले कोभिड १९ का कारण बन्द रहेको सिमा नाका अन्तर्राष्ट्रिय रुपमै खुल्ला गरेको छ । बिहीबारदेखि श्रीलङ्का आउने सबै अन्तर्राष्ट्रिय जहाजहरु पनि खुला गरिएको श्रीलंकाको पर्यटन मन्त्रालयले जनाएको छ।
कोभिडका कारण यसघि श्रीलंकाको स्थलगत तथा अन्य अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो । बिहीबार पनि ओमनबाट ५० जना श्रीलङ्काली नागरिक बोकेर ओमन एयरको विमान बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको श्रीलङ्काको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै श्रीलङ्काली पर्यटन मन्त्री प्रसन्ना रणतुंगाले बिहीबारबाट विदेशी उडानहरु पनि खुला गरेको जानकारी दिए । उनले श्रीलङ्काको पर्यटन व्यवसाय निकै नै प्रभावित परेको अवस्थामा वर्तमान सरकारले यसरी विदेशी उडानहरु शुरु गरिदिएर निकै राम्रो काम गरेको भन्दै श्रीलङ्काली प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि विशेष धन्यवाद दिए ।
उनले यहाँका होटल तथा पर्यटकहरुलाई सेवा दिने अरु सबै निकायहरुले आवश्यक मात्रामा स्वास्थ्यको सुरक्षाका मापदण्डहरु अपनाउने समेत जानकारी दिए । यहाँ आउने सबै पर्यटकहरुलाई पनि सो मापदण्ड पालना गर्न भन्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु देशभित्र पनि अपनाइने भन्दै उनले श्रीलङ्काको पर्यटन क्षेत्र सुरक्षित रहेको बताए ।
तर यहाँ आउने प्रत्येक पर्यटकलाई पिसिआर परीक्षण भने गरिने बताइएको छ । उनले विमानस्थलको आगमन कक्षमा नै विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने गरिएको बताए । उनका अनुसार यहाँ हरेक दिन कम्तीमा पनि २ हजार ५०० जति विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने क्षमता रहेको छ ।