नेपाली सेनाका खेलाडीले जिते ३३ पदक, स्वर्ण मात्रै १०
काठमाडौँ, २९, चैत । नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले विभिन्न स्थानमा सञ्चालन भएका प्रतियोगितामा ३३ पदक जित्न सफल भएका छन् ।
उनीहरूले स्वर्ण पदक-१०, रजत पदक-१२ र कांस्य पदक-११ वटा जितेका हुन् ।
ललितपुरमा भएको प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा सेनाका खेलाडीहरूले स्वर्ण पदक ४, रजत ५ र कांस्य ३ जित्न सफल भएका थिए ।
त्यस्तै कीर्तिपुरमा भएको सातौं राष्ट्रिय पुरुष खो:खो: प्रतियोगितामा क्लबले प्रथम स्थान हासिल गरी टिम च्याम्पियन बन्न सफल भएको थियो।









