image
image

रुपन्देही-११ सँग नेपाल पुलिस क्लब पराजित

काठमाडौँ, २७, चैत ।  नेपाल प्रो–क्लब च्याम्पियनसिपमा रुपन्देही–११ ले लगातार दोस्रो जित निकालेको छ । शेन वार्नको स्मृतिमा जारी प्रतियोगितामा आइतबार पुलिस क्लबलाई २९ रनले गरेको हो ।  रुपन्देही–११ को यो लगातार दोस्रो जित निकालेको हो । भैरहवाको सिदार्थनगर रंगशालामा रुपन्देही–११ ले दिएको ११८ रनको लक्ष्य पछ्याएको पुलिस क्लबले १८ ओभर ५ बलमा ८८ रन बनाउँदै अलआउट भयो । 

पुलिसका लागि शंकर रानाले २८ को योगदान गरे । त्यस्तै रोशन बुदलले २५ रन तथा गुल्सन झाले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  बलिङतर्फ रुपन्देही–११ को जितमा बसिर अहमदले तीन विकेट लिए । त्यस्तै कृष्ण कार्की, अनिल खरेल र विशाल बिक्रम केसीले दुई–दुई विकेट लिए । 


यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देही–११ ले २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । रुपन्देही–११ का लागि विशालबिक्रम केसीले २९, बिक्रम भुसालले अविजित १९, बसिर अहमदले १७ रन बनाए । 

बिलङतर्फ पुलिसका पवन सरार्फले ४ विकेट हात पारे । जितसँगै रुपन्देही–११ सेमिफाइनल सम्भावना बलियो बनाएको छ । दुई खेलमा पराजित भएको पुलिस क्लब सेमिफाइनल पुग्न सहज छैन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।