image

सय फर्मलाई ३० लाख जरिवाना

सय फर्मलाई ३० लाख जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान विक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगरेको भन्दै १०५ वटा व्यापारीक फर्मलाई कारबाही गरी ३० लाख २३ हजार रुपियाँ जरिवाना गरेको छ ।     
     
सो कार्यालयले चालू आर्थिक वर्षको फागुन १७ गतेसम्ममा २०५ ओटा व्यापारिक फर्ममा अनुगमन गरी त्यसमध्ये १०५ ओटालाई कारवाही गरी ३० लाख २३ हजार रुपियाँ जरिवाना गरेको हो । एसआर रेडिमेड उद्योगलाई सबैभन्दा बढी ३ लाख रुपियाँ जरिवाना गरिएको छ । उक्त उद्योगले बहुराष्ट्रिय कम्पनीको लोगो आफ्नो उत्पादनमा लगाउने गरेको पाइएकोले उक्त उद्योगलाई हदैसम्मको जरिवाना गरिएको हो ।     
     
यसैगरी वीरगञ्जकै जय अम्बे ट्रेड एण्ड जेनेरल अर्डर सप्लायर्सलाई २ लाख ५१ हजार, गगन ट्रेडिग हाउसलाई २ लाख रुपियाँ जरिवाना गरिएको छ । हेटौंडा उपमहानगरपालिका–३ स्थित घर संसार पसललाई ३ लाख रुपियाँ जरिवाना गरिएको छ । ती व्यापारीक फर्महरुले बढी मूल्य लिएर उपभोक्ता ठग्दै आइरहेकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ बमोजिम तत्काल जरिवाना गरिएको निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारीले बताए।     
     
उक्त कार्यालयले सो अवधिमा सप्तरीमा ११, धनुषामा २०, महोत्तरीमा ६, सर्लाहीमा ३, रौतहटमा १७, बारामा ३, पर्सामा ७६, मकवानपुरमा १५ र चितवनमा २७ गरी जम्मा २०५ ओटा फर्मको अनुगमन गरी त्यसमध्ये १०५ ओटा फर्मलाई जरिवाना गरेको छ ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।