ज्योति लाइफको आइपीओ शुक्रबारदेखि नै निष्काशन हुने
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण शेयर (आइपीओ) शुक्रबारदेखि नै निष्काशन हुने भएको छ ।
यसअघि फागुन २३ गते आइतबारदेखि निष्कासन हुने भनिएको भएपनि फागुन २१ गते शुक्रबारदेखि नै आइपीओ निष्कासन हुने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।
ज्योति लाइफले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशनमा ल्याउन लागेको हो । ६६ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको सेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।
सामूहिक लगानी कोषका इकाइ र कर्मचारीहरुलाई सुरक्षित गरि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा आउनेछ । आईपीओ बाँडफाँडपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।