image
अस्ट्रेलियाले सातौं पटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

अस्ट्रेलियाले सातौं पटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

काठमाडौँ, २०, चैत । अस्ट्रेलियाले महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ। आइतबार न्युजिल्यान्डमा भएको फाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो।

अस्ट्रेलियाले सातौं पटक उपाधि जितेको हो। उसले पछिल्लो पटक सन् २०१३ मा विश्वकपको उपाधि जितेको थियो।

आइतबारको फाइनलमा अस्ट्रेलियाले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २८५ रनमा अलआउट भयो।


बलिङमा अस्ट्रेलियाका एलना किङ र जेस जोनासेनले ३-३ विकेट लिए।इंग्ल्यान्डका लागि नाट सेभरले नटआउट १४८ रन जोडे पनि आफ्नो टिमलाई च्याम्पियन बनाउन भने सकिनन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५६ रन जोड्यो।

रिचेल हाइनेसले ६८ रन र बेथ मूनीले ६२ रन जोड्दा अस्ट्रेलियाले विशाल योगफल खडा गरेको थियो।अस्ट्रेलियाका लागि ओपनर एलिसा हेलीले  १७० रन जोडिन्। उनले १३८ बलमा २६ चौका प्रहार गरेकी थिइन्।

सन् २०१७ को विश्वकप फाइनलमा इंग्ल्यान्डले भारतलाई ९ विकेटले पराजित गरेर उपाधि जितेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।