एक रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ खर्च
काठमाडौँ १८ फागुन- नेपाल राष्ट्र बैंकले ७० करोड खर्चेर ३० करोड थान सिक्का छाप्ने भएको छ । राष्ट्र बैंकको जानकारी अनुसार १ रुपैयाँको एउटा सिक्का छाप्न करिब २ रुपैयाँ ३५ पैसा खर्च हुने देखिएको छ । आजको अमेरिक डलरको भाउको आधारमा रू एकको सिक्कालाई २ रुपैयाँ पर्ने देखिएको हो ।
नेपाल राष्ट्र बैंकले पोल्याण्डको मेन्निका पोलस्का एसए कम्पनीलाई ५१ लाख १५ हजार युरोमा छपाइको जिम्मा दिने भएको छ ।रु १को सिक्का छपाईका लागि केन्द्रीय बैंकले गरेको बोलपत्र आब्हान अनुसार सबैभन्दा कम शुल्कमा उक्त कम्पनीले छपाईको जिम्मा पाएको हो ।