image
image
भन्सार छली ल्याएका १ सय ६७ थान मोबाइलसहित एकजना पक्राउ   

भन्सार छली ल्याएका १ सय ६७ थान मोबाइलसहित एकजना पक्राउ   

काठमाडौँ। अवैध रुपमा भन्सार छली ल्याएका मोबाइलसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ गौरिघाट संगम चोक डेरा गरी बस्ने मिलन श्रेष्ठलाई पक्राउ गरेको हो ।

रामेछाप लिखु गाउँपालिका-६ घर भएका २६ वर्षीय श्रेष्ठको साथबाट अवैधरुपमा भन्सार छली गरी ल्याएका १ सय ६७ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । विभिन्न ब्राण्डका ती मोबाइलको मूल्य करिब १२ लाख ४४ हजार बराबर रहेको छ ।

अवैधरुपमा भन्सार छली ल्याएका विभिन्न ब्राण्डका मोबाइलहरु श्रेष्ठको डेरा कोठामा लुकाएर राखेको भन्ने सूचनाको आधारमा उनको डेरा खाेजतलासी गरिएको थियो । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।