image
image

विश्वकपमा छनोट भइसकेको अर्जेन्टिनाले इक्वेडरसँग बाड्यो अङ्क

काठमाडौँ, १६, चैत ।  विश्वकपमा छनोट भइसकेको अर्जेन्टिना बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको विश्वकप छनोट खेलमा अर्जेन्टिनाले इक्वेडरसँग १–१ को बराबरी खेल्दै अङ्क बाँडेको हो ।

अर्जेन्टिनाले सुरुवाती अग्रता लिएपनि खेलको अन्तिममा सम्हालिन नसक्दा बराबरीमा चित्ता बुझाउनु पर्यो । अर्जेन्टिनाको लागि जुलियन अल्भारेजले गोल गरे भने इक्वेडरका लागि इननेर भ्यालेन्सियाले गोल फर्काए ।

यो बराबरीसँगै १७ खेलबाट ३९ अङ्क जोडेको अर्जेन्टिना अङ्कतालिकाको दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिनाले यसै वर्ष कतारमा हुने विश्वकपमा स्थान पक्का गरिसकेको छ ।इक्वेडरले १८ खेलबाट २६ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।खेलको २४औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनलाई अग्रता दिलाएका थिए । तर इन्ज्युरी समयमा भ्यालेन्सियाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।