नेपालमा १० अर्ब लगानी गर्ने तयारीमा एनआरएन
काठमाडौँ १८ फागुन । प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तले पर्वतमा आयोजित एक कार्यक्रममा बोल्दै एनआरएनएले नेपाल सरकार, धितोपत्र बोर्डसँगको सहकार्यमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको बताउनुभयो ।
त्यस्तै उक्त लगानी नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने गरी सम्झौता भएको छ । अहिलेसम्म दुई अर्ब २० करोड रुपैयाँ सङ्कलन भइसकेको र अन्य रकम सङ्कलनका लागि प्रवासी नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरेर लगानी बढाउने समेत पन्तले बताउनु भयो । नेपालमा विशेष गरी पर्यटन व्यवसायसँगै पूर्वाधार, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्ने गरी अघी बढिएको पनि बताउनु भयो ।