विश्वभर कोरोना संक्रिमतको संख्या ४८ करोड नाघ्यो
काठमाडौँ, १५, चैत । विश्वभर पछिल्लो २४ घण्टामा १० लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १० लाख २४ हजार १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४८ करोड ३३ लाख नाघेको छ ।
यो सँगै कोरोना मृत्यु हुनेको कूल संख्या ६१ लाख ५१ हजार ५५४ पुगेको छ । विश्वमा अझै पनि ५ करोड ९५ लाख बढी सक्रिय संक्रमित रहेका छन् ।यस्तै सोही अवधिमा थप १२ लाख ४५ हजार ७१९ जना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म विश्वभर संक्रमण मुक्त हुनेको संख्या ४१ करोड ७६ लाख ३४ हजार ७८ पुगेको छ । यस्तै पछिल्ला २४ घण्टामा मात्रै कोरोनाले २ हजार ८६४ सयको मृत्यु भएको छ ।









