image
image

जग्गा दलाललाई झड्का, अब जग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था लागू हुँदै

काठमाडौँ १८ फागुन - अब जग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था लागू हुने भएको छ । ‘ल्याण्ड मार्केट’ सम्बन्धी व्यवस्थाले लाइसेन्स प्राप्त संस्थालेमात्रै जग्गाको खरिद तथा बिक्री गर्न पाउने व्यवस्था अघी सारिएको छ । अहिले अनौपचारिक रुपमा भइरहेको जग्गाको कारोबार रोक्न ल्यान्ड मार्केट’ स्थापना हुने भएको हो ।


सहकारी तथा गरिबी निवारण मन्त्रायका प्रवक्ता जनकराज जोशीका अनुसार अब डेढ महिनामा ल्यान्ड मार्केट सम्बन्धी अवधारणा पत्र तयार हुन्छ र सम्बन्धित संस्थाले जग्गाको लिष्टिङ गरेर शेयर बजारको जस्तै गरी जग्गाको किनबेच हुन्छ । कम्पनीले सरकारले तोकेको कमिशनका आधारमा जग्गाको किनबेच हुने पनि बताए ।

त्यस्तै सो व्यवस्थाले  नक्कली जग्गा बिक्री गर्ने तथा एउटै जग्गा दुई/तीन जनालाई समेत बिक्री भइरहेका घटना हट्ने विश्वास मन्त्रालयले लिएको छ । ल्यान्ड मार्केटले गर्न लागेको व्यवस्था नीतिगत रुपमा पास भएर आएपछि सबैभन्दा पहिला पाइलट प्रोजेक्टको रुपमा काठमाडौंलगायत जग्गा बढी कारोबार हुने केही स्थानमा कार्यान्वयनमा लैजाने प्रवक्ता जोशीले बताएका छन् ।


सो व्यासस्था भएपछि जग्गा खरिद बिक्री गर्न मान्यता पाएको संस्थाले बिक्रीका लागि राखिएको जग्गाको सम्पूर्ण विवरण आफ्नो वेवसाइटमा राख्नेछ अर्थात जग्गाको सूचीकरण हुनेछ ।त्यस्तै जग्गा बिक्री गर्न चाहने व्यक्तिले पनि सोही कम्पनीमा आफ्नो जग्गाको मूल्य, जग्गाको क्षेत्रफल, जग्गाको नक्सा लगायतका सबै विवरण दिनुपर्नेछ । खरिदकर्ताले आफ्नो पुँजी अनुसार पायक पर्ने लोकेशनमा सहज तरिकाले नठगिकन राज्यलाई बुझाउनु पर्ने जति राजस्व बुझाएर जग्गा खरिद गर्न सक्नेछ । जग्गा कारोबार गर्न लाइसेन्स पाएको संस्थाले कमिशनको आधारमा काम गर्ने बताइएको छ  ।

  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।