image
महिला विश्वकपबाट बाहिरियो भारत

महिला विश्वकपबाट बाहिरियो भारत

काठमाडौँ, १३, चैत ।  आइसिसी महिला विश्वकपबाट भारत समूह चरणबाट बाहिरिएको छ।

आइतबार भएको समूह चरणको अन्तिम तथा महत्वपूर्ण खेलमा दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित भएपछि भारत सेमिफाइनलमा पुग्न असफल भयो।


पहिले ब्याटिङ गरेको ७ विकेटको क्षतिमा २७४ रन जोडेको थियो। भारतका लागि कप्तान मिताली राजले ६८ रन र शेफाली बर्माले ५३ रन जोडेका थिए। यो खेल जितेको अवस्थामा भारत अन्तिम चारमा पुग्दा वेस्ट इन्डिज बाहिरिन्थ्यो।

२७५ रनको लक्ष्य दक्षिण अफ्रिकाले अन्तिम बलमा ७ विकेट गुमाउर पार गर्‍यो। दक्षिण अफ्रिकाका लागि लाउरा वुलफर्ट सबैभन्दा बढी ८० रन जोडिन्। यस्तै मिग्नन डु प्रेजले नटआउट ५२ रन जोडिन्। 

अब सेमिफाइनलमा अस्ट्रेलिया र वेस्ट इन्डिज तथा  दक्षिण अफ्रिका र  इंग्ल्यान्डबीच खेल हुनेछ। फाइनल आगामी आइतबार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।