साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य ९,२९२ पुग्यो
काठमाडौं १८ फागुन ।साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य प्रतिकित्ता रू. ९ हजार २९२ पुगेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता अत्याधिक भएकाले शेयर मूल्य बढेको हो । यो समाचार तयार पार्दाको समय १ :०५ बजेसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयर खरीद अर्डरमा ४ हजार ९८ कित्ता अर्डर छ भने विक्रेता एउटा पनि छैन । कम्पनीले आव २०७५/ ७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।