देशभर थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ९, चैत । देशभर थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ३८ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार ८५५ जनाको पिसिआर गर्दा ३४ र १ हजार ५२१ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो। ५ हजार ३७६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
योसँगै देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित छन्।
२६९ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।









